काठमाडाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्टको विकल्प खोजेको बताएका छन् ।
राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले आयोजना गरेको कार्यक्रमलाई सम्बधोन गर्दै उनले जनताले कम्युनिष्टको सरकारबाट जनता सन्तुष्ट हुन नसकेको बताए । कांग्रसेलाई नयाँ प्रेरणाको स्रोतको रुपमा उभ्याउन सक्नुपर्छ । नेपालमा कांग्रेस र कम्युनिष्ट बाहेक अन्य शक्ति छैन । कम्युनिष्टको विकल्प नै कांग्रेस हो, उनले जिकिर गरे । पार्टी कांग्रेसको बीपीको सिद्धान्त र आर्दशलाई बुझेर अगाडि बढ्नुपर्नेमा उनले जोड िदए । बीपी जनताको शासनका पक्षमा रहेपनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए । निमुखलाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त हो । गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसाउनुु पर्नेमा नेता पौडेलले जोड दिए । बीपीको सिद्धान्तलाई अनुशरण गर्न सके जनता र देशको विकास हुने उनकाे भनाइ छ ।
प्रतिक्रिया