विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मान्यता मासेर नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् ।
नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार नहुने भन्दै सभापति देउवाले उसले ल्याउन खोजेको कम्युनिष्ट शासन व्यवस्थाविरुद्ध कांग्रेस आन्दोलमा जाने चेतावनी दिए ।
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मुल्य मान्यतालाई हस्तक्षेप गरी लोकतन्त्रतलाई कमजोर बनाउने खेल भईरहेको पनि बताए ।
उनले सरकारले कम्युनिष्ट राज्य बनाउने अभ्यास स्वरुप स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिकरुपमा हस्तपेक्ष गर्ने कार्य गरी रहेको भनाइ थियो । अर्को एक प्रसंगमा सभापति देउवाले पार्टी भित्र गुट उपगुटको कुनै गुन्जायस नरहेको दाबी गरे ।
पार्टीभित्र देखिएको मतभिन्नताबारे संचारकर्मीको जिज्ञासामा सभापति देउवले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले बोल्न सबैलाई स्वतन्त्र रहेको भन्दै पार्टीभित्र एकता रहेको दाबी गरे ।
प्रतिक्रिया