काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (मगलबार) देखि देशव्यापी रुपमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्दै छ । ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ अन्तर्गत बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा देशभर नै रोपेर उद्घाटन गरिन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
कांग्रेसले आज ३४ हजार ९८० वटा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्ने जनाएको छ ।
दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, सुशासनलगायत विभिन्न १५ एजेडा तय गरिएको छ ।
स्रो चरणको राष्ट्रिय जागरण अभियान आज बाट सुरु भई असोज ७ गते सम्पन्न हुने छ ।
प्रतिक्रिया