काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई हराउनेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् । कसैले रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्ने बताए ।
नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा गरेको कार्यक्रममा सभापति देउवाले अन्तरघात गर्नेहरुलाई कारबाही नगरे फेरि पनि कांग्रेस हार्ने बताए ।
पार्टी किन हार्यो हिजो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले एकले अर्कालाई हराउन लागेको बताए । अन्तरघातबाट पार्टीलाई मुक्त गर्नुपर्ने भन्दै उनले भने, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ । यही हो त्यो अनुहार भनेर म नै बाहिर ल्याउँछु ।
प्रतिक्रिया