देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारविरुद्ध आन्दोलनमा जाने कांग्रेसको चेतावनी

देशान्तर

प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।
कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्दैछ, यसक्रममा गाउँगाउँमा पुग्ने र सरकारका गलत क्रियाकलापहरुविरुद्ध एक भएर उभिने बताएको छ ।