काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिन सिंगापुर जाने भएका छन् । नेता गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । मंगलरबारमात्रै पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर गएका थिए ।
प्रधानमन्त्री शुक्रबार स्वदेश फर्कने जानकारी गराएको पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि नै बताइसकेका छन् ।
प्रतिक्रिया