देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली र प्रचण्डबीच छलफलपछि नेकपा सचिवालय बैठक फेरि स्थगित

देशान्तर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि बैठक स्थगित भएको हो ।

आइतवार अपरान्ह ३ बजेलाई तोकिएको बैठक सोमवारका लागि सारिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन ।

पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ । यसबीचमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केही चरण पूर्वएमालेका सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए । दुवै अध्यक्षबीच शनिवार र आइतवार पनि स्कूल विभागको विवाद टुंगो लगाउन छलफल भएको थियो ।