देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यक्षद्धयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन सकेन , घनश्याम भुसाल

देशान्तर

काठमाडौं। । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिन नहुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुसालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको तर्क गर्दै अध्यक्षले नै स्कुल विभागको नेतृत्व लिएमा त्यो सबै भन्दा कमजोर सामधानको उपायु हुने टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्यस्तो भयो भने म भन्छु( यो सबै भन्दा कमजोर सामधान हो । यसले स्कुल विभागलाई चलाउने होइन अझ सुसुप्त बनाउने काम मात्र गर्छ।ु

स्कुल विभागको नेतृत्वमा आफनो दाबेदारी यथावत रहेको समेत भुसाल बताए । उनले पूर्वएमालेबाट नेतृत्व गर्नुपर्ने अवस्था आफू नै उपयुक्त पात्र भएको दाबी गर्दै उनले एमालेको नवौं महाधिवेशनदेखि नै स्कुल विभागको नेतृत्व आफुले नै गर्दै आइरहेको दाबि गरे । तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा आफूलाई स्वीकार्य हुने उनले बताए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामूहिक नेतृत्वमा नगएकै कारण पार्टी एकता प्रकृयामा १५ महिना लागेको भुसालले बताए ।