देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद खुलाउन प्रतिपक्षी दल कांग्रेस सहित राजपा सहमत, अबको केहिवेरमा बैठक बस्ने

देशान्तर

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित राजपा संसद सुचारु गर्न सहमत भएका छन् । बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुले सहमति जनाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको सभामुख महराका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

यसअघि दिउसो १ बजेका लागि बोलाइएको बैठक दिउसो साढे २ बजेका लागि सारिएको छ  ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागि थिए । यता सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत बैठकमा सहभागी थिए ।