देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्वालिटीमा नो कम्प्रोमाइजः जहाँ शिवम् त्यहाँ गुणस्तरको निर्माण

देशान्तर

काठमाडौं । ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’को नारा बोकेर बजारमा आएको छोटो समयमै शिवम् सिमेन्टले ग्राहकको मन जित्न सफल भएको छ । नेपाली सिमेन्ट बजारमा शिवम् सिमेन्ट सर्वाधिक रुचाइएको सिमेन्टमा गणना हुन्छ । यसको उच्च माग हुनुको कारण यसको गुणस्तर नै भएको विक्रेताहरू बताउँछन।्

नेपाली सिमेन्टको गुणस्तरबारे प्रश्न उठ्न थालेसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले जाँच प्रक्रियालाई तीव्र बनाएको छ । तर यसमा शिवम् सिमेन्ट भने खरो उत्रन सफल भएको छ । विभागले गरेको पछिल्लो परीक्षणको परिणाममा शिवम् सिमेन्टको ५६ ग्रेड नै पाइएको विभागले जनाएको छ । विभागका अनुसार शिवम् सिमेन्टको ओपीसी सिमेन्टले ५६ ग्रेड प्राप्त गरेको हो ।

हेटौंडामा आफ्नै चुना ढुंगाखानी प्रयोग गरेर उत्पादित शिवम् सिमेन्टले केवल ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ । यसको गुणस्तर कायम रहनुमा यो पनि एउटा कारण रहेको जानकारहरू बताउँछन् । अन्य सिमेन्ट कम्पनीहरूले ओपीसी र पीपीसी दुवै खाले सिमेन्ट उत्पादन गर्ने गर्छन् जसका कारण मिसावट भई ओपीसी सिमेन्टको गुणस्तर खस्कने सम्भावना रहन्छ ।

तर शिवम्ले ओपीसी मात्रै उत्पादन गर्ने भएकोले मिसावटको कुनै गुञ्जायस नरहेको बताइन्छ । यसैगरी गुणस्तरमा एकरूपता कायम गर्नकै लागि शिवम् सिमेन्ट लिमिटेडले अत्याधुनिक प्रविधि जडान गरेको छ । ‘एक्सरे एनालाइजर’ नामले चिनिने उक्त प्रविधिले सिमेन्टको गुणस्तरको जाँच तुरुन्तै गर्न सक्छ । ‘एक्सरे एनालाइजर’ प्रविधिबाट प्रत्येक उत्पादनको गुणस्तर जाँच पाँच मिनेटकै अवधिमा गर्न सकिने भएकोले यदि गुणस्तरमा तलमाथि भए तुरुन्तै सच्याउन सकिने जानकारहरू बताउँछन् ।

यदि सिमेन्टको गुणस्तर ल्याबमा जाँच गर्ने हो भने ६–७ घण्टा समय लाग्छ तर सोही जाँच फ्याक्ट्रीमै जडित एक्सरे एनालाइजरले पाँच मिनेटकै अवधिमा गर्न सक्छ । यसले गर्दा शिवम् सिमेन्टको गुणस्तरमा एकरूपता कायम भएको बताइन्छ ।

२०६० सालमा प्राइभेट कम्पनीको रूपमा हेटौंडामा स्थापना भएको शिवम् सिमेन्ट २०६७ पछि भने व्यावसायिक उत्पादनमा सक्रिय बनेको हो । उत्पादनको सुरुआतमा प्रतिदिन सात सय टन सिमेन्ट र १२ सय टन क्लिंकर उत्पादन गरेको उद्योग २०७२ सालमा आएर पब्लिक कम्पनीमा परिणत भयो ।

२०७२–७३ मा आएर शिवम्ले २३ सय टन सिमेन्ट उत्पादन गर्न थाल्यो र हाल आएर प्रतिदिन तीन हजार टन सिमेन्ट र १९ सय टन क्लिंकर उत्पादन गर्ने क्षमता वृद्धि गरेको छ । शिवम् सिमेन्टमा ६ वटा कम्पनीहरू लक्की ग्रुप, शारदा ग्रुप, जेबी मारु ग्रुप, एचआर गोयल ग्रुप, देवेनरा ग्रुप र भिमसरिया ग्रुपको संंयुक्त लगानी छ । भारतीय गुणस्तर चिन्ह बीआईएसआई प्रमाणपत्र प्राप्त गर्न सफल सिमेन्ट हो शिवम् सिमेन्ट ।

साथै नेपालमै उत्कृष्ट सिमेन्टको प्रमाणपत्र (आईएसओ) पनि प्राप्त गर्न सफल भएको छ । भारतीय गुणस्तर चिन्ह बीआईएस प्रमाणपत्र प्राप्त गरेपश्चात यो कम्पनीले आफ्नो उत्पादन विदेश निर्यात गर्न पनि सक्षम भएको हो । शिवम्ले भारत निर्यात गर्न योग्य सिमेन्ट उद्योगका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेको छ । शिवम् सिमेन्ट आईपीओ जारी गर्ने पहिलो कम्पनी बनेको छ । चालू आर्थिक २०७५÷७६ को बजेटमार्फत एक अर्ब वा सोभन्दा बढी पुँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई पुँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेपछि सिमेन्ट उद्योगमध्ये शिवम्ले पहिलो पटक आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई प्रतिसाधारण सेयर १०० रुपैयाँमा प्रिमियम रकम २०० रुपैयाँ थप गरी ३०० रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ निष्कासनको अवधि गत साउन १३ देखि भदौ ११ गतेसम्म रहेको थियो ।

शिवम् सिमेन्टले बजारमा ‘ग्राहक मैत्री सिमेन्ट’को उपमा पनि पाएको छ । यस्तो उपमा पाउनुको पछाडि शिवम् सिमेन्ट निरन्तर ग्राहक लक्षित स्किम र कार्यक्रमहरू सार्वजनिक गर्नु कारण रहेको छ । अन्य सिमेन्ट कम्पनीहरूले प्रायः अफ सिजनमा बिक्री प्रवद्र्धन गर्न ग्राहक योजना सार्वजनिक गर्ने गर्छन् ।

तर शिवम् सिमेन्टले भने बजारमा सिमेन्टको माग वृद्धि भइरहेकै समयमा पनि ग्राहक योजनाहरू ल्याउने गरेको छ । यसको पछिल्लो उदाहरण हो ‘लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा’ नामक ग्राहक योजना । शिवम् सिमेन्टले हालै आफ्ना ग्राहकहरूलाई लक्षित गरी ‘लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा’ नामक नयाँ योजना बजारमा ल्याएको छ ।

यो योजना सीमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ । यस योजनाअन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्याच गर्ने भागमा स्क्याच गरी २.५ ग्रामदेखि १० ग्राम सुनको सिक्का वा रु. १०० देखि रु. १००० सम्मको नगद पक्का जित्न सकिनेछ ।

नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरी नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रूपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ ।

संकलित कुपनहरूलाई शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ गरी लक्की–ड्र गरी ४८२ जना विजेताहरू चयन गरिनेछ । विजेताहरूको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिइनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजको नारासहित विभिन्न क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षरोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सन् २००९ मा नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’, ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ तथा ‘अटुट कम्प्रेसिभ स्ट्रेन्थ’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरूमा आफ्नो योगदान दिन सफल भएको छ । काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण आदि प्रोजेक्टहरूमा शिवम् सिमेन्टको प्रयोग हुँदै आएको छ । आईएसओः ९००१, आईएसओः १४००१, ओएचएसएएसः १८००१, आईएसआई, यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

शिवम् सिमेन्टले ग्राहकलाई सिमेन्टलगायतका निर्माण सामग्रीको गुणस्तर र प्रयोग सम्बन्धी प्राविधिक ज्ञान उपलब्ध गराउने उद्देश्यले प्राविधिक सेवा विभाग गठन नै गरेको छ ।

यो सेवामार्फत ग्राहक तथा आम उपभोक्ताले सिमेन्ट लगायतका निर्माण सामग्रीहरूको गुणस्तर र प्रयोगसम्बन्धी प्राविधिक ज्ञान निःशुल्क रूपमा निर्माणस्थलमै गई अवलोकन गर्न सक्नेछन् । उपभोक्ताको प्रत्यक्ष सहभागितामा कम्पनीले उत्पादनको परीक्षण गरी सोको रिपोर्ट सेवाका साथमा निर्माण कार्यमा समेत सहयोग पु¥याउनेछ ।

प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा तीन दशकभन्दा बढी अनुभव भएका वरिष्ठ सिमेन्ट तथा कंक्रिटविज्ञ इन्जिनियरहरू रहेका कम्पनीले जनाएको छ । निःशुल्क टोल फ्रि नम्बरमा फोन गरी सेवा लिन चाहनेहरूका लागि समेत प्राविधिक टिमले निर्माणस्थलभै पुगी सल्लाह, सुझाव र प्राविधिक जानकारी दिनेछ ।

प्राविधिक टिमलाई चुस्त सेवा प्रदान गर्न मद्दत मिल्ने गरी ‘कम्प्रिहेन्सिव स्ट्रेन्थ टेस्टिङ मेसिन’ जडित प्राविधिक भ्यानको निःशुल्क सेवासमेत व्यवस्था गरिएको छ । यो सेवा नेपालभर निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने शिवम् पहिलो कम्पनी हो ।

यसैगरी केही समयअघि मात्रै शिवम् सिमेन्ट लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत ट्याक्सी चालकलाई ज्याकेट बाँडेको थियो । काठमाडौंका ट्याक्सी चालकको लागि चालक ज्याकेट उपलव्ध गराएको हो ।
शिवम् सिमेन्टले एभरेस्ट क्याब सर्भिसको संयोजकत्वमा विशेष कार्यक्रम आयोजना गरी विजया दशमीको शुभकामनासहित ट्याक्सी चालकले लगाउने ज्याकेट हस्तान्तरण गरेको थियो । यातायात व्यवस्था विभागले ट्याक्सी चालकलाई ट्याक्सी चलाउँदा ज्याकेट अनिवार्य गरेको थियो । उक्त कार्यलाई सहज बनाउने अभिप्रायले शिवम् सिमेन्टले पहिलो चरणमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्टस् लिमिटेडले समयसमयमा सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स हस्तान्तरण, स्वास्थ्यचौकी सञ्चालनमा सहयोग, सडक निर्माण, खानेपानी व्यवस्थापन, वृक्षरोपण, सरसफाइजस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ ।