देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलंकी–कोटेश्वर सडक खण्डमा छ ओटा आकाशे पुल थप्ने तयारी

देशान्तर

काठमाडौं । कोटेश्वरदेखि कलंकी सडक खण्डमा ६ ओटा आकाशे पुल बन्ने भएका छन् । कोटेश्वरदेखि कलंकी सडक खण्डमा थप ६ ओटा आकाशे पुल बनाउन लागिएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

योजनाका इन्जिनियर निरन्जन शर्माले चक्रपथमा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकहरुमा आकाशे पुल निर्माण गर्न लागिएको बताउनुभयो । सो खण्डमा आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ ।

योजनाले कोटेश्वरदेखि कलंकी खण्डको विभिन्न भागमा आकाशे पुल निर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाएको छ । सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशेपुल निर्माणको कामलाई तीव्रता दिएको छ ।