काठमाडौं । राष्ट्रियसभाले तीनै तहका सरकालाई मिलाउने गरि पहल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच देखिएको अप्ठ्यारो, विवादका विषयमा आज राष्ट्रियसभाको समितिले छलफल गर्दैछ । संघीय संरचनामा उत्पन्न विवाद समाधान गर्न आफ्नो भूमिका बढाउदै आज राष्ट्रिय सरोकार तथा समन्वय समितिले बैठक बोलाएको छ ।
संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधानमा भएका प्रगतिबारे जान्न समितिले बैठकमा अर्थ, कानुन, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई एकसाथ बोलाएको हो । बैठकमा तीन तहबीच देखिएको विवाद, गुनासो सम्बोधन तथा तहगत समन्वयबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया