देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परदेशीको कथाः युएईका जेल नेपाली नै नेपालीले भरिभराउ

देशान्तर

काठमाडौं । युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् ।

सारजाह जेलमा ३ जना महिला र ७ जना पुरुष, अल अविर सेन्टर जेलमा ४ जना महिला र ६४ जना पुरुष सहित ६८ जना नेपालीले जेल जीवन बिताइरहेको दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारिले जानकारी दिनुभयो ।

यूएईका सात वटा राज्यमा रहेका ८ वटा कारागारमा जेल जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने र गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले जेल भ्रमण अभियान सुरु गरेको हो ।

युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार दुतावास टोली आउँदो हप्तादेखि बाँकी रहेका अरु ६ वटा जेलमा पुग्नेछ ।