देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस्ः राष्ट्रपति भण्डारी

देशान्तर

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनका लागि आज पोल्याण्ड प्रस्तान गर्नुअघि ट्विट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “ हामीले नगरेको, नबिगारेको कसूरको सजाय भोग्नु नपरोस्, निर्दोषमाथि अन्याय हुन नदिनु विश्व समुदायको दायित्व हो । विश्व जलवायु अनुकूलन गर्न नेपाल प्रतिबद्ध छ ।”