रामेछाप । नेपाली काँग्रेसका जिल्ला नेता भरतप्रसाद चौलागाई हेलिकोप्टर नै चाटर्ड गरेर एक विरामी लिन रामेछाप आइपुगेका छन् । रामेछाप सुनपती गाउँपालिका–१ का २६ बर्षीय सुक्रामी तमाङको टाउकोमा समस्या देखिएपछि उनी एक्कासी बेहोस भएका थिए ।
आर्थिक अबस्था समेत कमजोेर रहेका कारण काँग्रेस नेता चौलागाईलाई सहयोगका लागि खबर पुगेलगत्तै उनी स्वयम् हेलिकोप्टर लिएर यहाँ विरामी लिन आइपुगेका हुन् । काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका नेता चौलागाईको पहलमा तामाङको थप उपचार गर्न काठमाडौं लैजान लागिएको हो । समाजसेवीका रुपमा चिनिएका नेता चौलागाईले जिल्लाका विभिन्न ठाउँमा विद्यालय, पाटी, पौवा, पानी, पधेंरो, भवनलगायत निर्माण गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया