देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोदावरी फूलको प्रदर्शनीमा ३३ लाखको कारोबार

देशान्तर

काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३३ लाखको कारोबार छ। प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीको २५ हजारले मेला अवलोकन गरेका र ३३ लाखको कारोबार भएको थियो।

फ्लोरीकल्चर एसोसियशनका अध्यक्ष कुमार कसजु (श्रेष्ठ)का अनुसार आगामी आइतबारसम्म सञ्चालन हुने उक्त मेलामा ४५ लाख बराबरको कारोबार हुने अपेक्ष गरिए पनि लक्ष्य भन्दा माथि  ७० लाखसम्म आम्दानी हुनसक्ने बताए। प्रदर्शनीमा ४ सय ५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएको छ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ। ‘रोपेर फूल गोदावरी सजाआैं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बढी बिक्री भएका थिए।

पुष्प व्यवसाय प्रवर्द्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादन गर्न टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो। विसं २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७४/०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ।