काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्षको कात्तिकमा मात्र बिजुली उत्पादन गर्ने भएको छ ।
यसअघि यसै वर्षको पुसबाट पहिलो युनिटमार्फत ७६ मेगावाट र चैतभित्रमा पूर्ण क्षमतामा चलाउने तयारी थियो । तर काममा ढिलाई भएपछि २०७६ सालको असारमा मात्र सुरुङमा पानी पठाउने र आउँदो वर्षको कात्तिक ३ गते मात्र व्यापारिक रुपमा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।
प्राधिकरणले ३०७३ सालको असारमा सक्ने जनाएको थियो । तर भूकम्प र नाकाबन्दीले आयोजनामा ढिलाई भएको आयोजनाले जनाएको छ ।
आयोजना निर्माण गर्दा ३५ अर्ब २९ करोड लागत अनुमान थियो यो बढेर ४९ अर्ब २९ करोड पुग्ने माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए । यो रकम आयोजनाको ब्याजबाहेकको रकम हो ।
प्रतिक्रिया