देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुणदलका महासचिव शाही गीति एल्बमको तयारीमा

देशान्तर

काठमाडौं । हेर्दा शालीन, भद्र स्वाभावका देखिने तरुणदलका महासचिव भुपेन्द्रजंग शाही सांगीतिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्छन् । कालिकोट जिल्ला थाकथलो रहेका उनी राजनीतिमा युवा नेतृत्वको प्रभावशाली नेताको रुपमा परिचित छन् ।

हाल तरुणदलका महासचिव समेत रहेका शाही कार्यकर्ता माझ निकै लोकप्रीय छन् । साहित्यमा समेत राम्रो दखल भएका उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै रमाउँछन् ।

पछिल्लो समय उनी एउटा गीति एल्बमको तयारीमा रहेको सार्वजनिक भएका छन् । राजनीतिमा उनी जति प्रिय छन्, आम दर्शक स्रोता माझ पनि त्यतिकै प्रिए बन्ने उनको दाउ छ ।

उनले आफ्नो फेशबुक स्टाटसमा ‘परदेशमा के गर्दै होलान्, मेरो मनको राजा धेरै भयो नभेटेको के छ खबर ताजा’ बोलको गीत ल्याएर आफु छिट्टै बजारमा आउन लागेको सार्वजनिक गरेका हुन् ।

संगीतकार रेखा पौडेल र चर्चित गायिका टीका प्रसाइले यो गीतमा आवाज दिएका छन् । गितको व्यवस्थापन गितकार बिपिन किरण र शर्मिला थापाले गरेको पनि उनले फेशबुक मार्फत सार्वजनिक गरेका छन् ।

यती मात्र होइनकी यो गितको भिडियो समेत सुटिङ भइसकेको फोटो सार्वजनिक गरेका छन् । सुटिङको समापनपछि कलाकारहरुसँग सामुहीक तस्वीर खिचेर उनले सामाजीक सञ्जालमा पोष्ट गरेका छन् ।

उनको फेशबुकवालमा देखिएको फोटोले नै यो जनाउँछकी, गीतको भिडियोमा नम्रता सापकोटा र बिभेक सिंह ठकुरिलाई मुख्य अभिनयको रोलमा देख्न सकिनेछ । त्यस्तै सहजै अनुमान गर्न सकिन्छकी यो गीतको निर्देशन निर्देशक राजिब गुरुङले गरेका हुन् ।

उनको फेशबुक स्टाटस देख्दा लाख्छ, उनले भावना डुवेर नै यो गीतको रचना गरेको हो । शाहीले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन, ‘म राजनीतिमा सक्रिय भयपनि साहित्य संगीतमा मेरो निकैनै अभुरुची रहेको छ । मान्छेको मन, भावना अनि मुटु सम्मै छुन सक्ने संगीतको धुनले सायद सबैलाई भाबुक र उर्जा प्रदान गर्दछ । मलाई पनि संगीतको सुमधुर धुनले जीवनका अनगिन्ती दुखहरु बिर्सिएर एक्छिन स्वर्गीय आनन्द प्राप्त हुने गर्दछ’ ।

हेरौँ उनको यो गीत दर्शक स्रोताले कति रुचाउँछन् त्यो समयले नै बताउँला ।