देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित

देशान्तर

काठमाडौं । संघीय संसद अन्तरगतको राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित भएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सचिवालयले तयार पारेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो ।

सचिवालयले प्रस्ताव गरेको कार्यविधि सदस्यहरुको सुझावसहित पारित गरिएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन् । उनले समितिका सदस्यहरुलाई कार्यविधि अनुसार समितिको कामकार्वाहीलाई प्रभावकारी बनाउन पनि सचेत गराइन्।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रियसभा नियमावली र समितिको कार्य्विधि अनुसार समितिको काम, कार्वाहीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । समितिको अर्को बैठक आगामी आईतबार ३१ गते दिउँसो २ बजे बोलाइएको छ ।

बैठकमा राष्ट्रिय गौरवको आयोजनाको काम कार्वाहीबारे सम्बन्धित निकायसँग छलफल गर्ने एजेन्डा तय गरिएको पनि समितिकी सभापति रावलले जानकारी दिइन् ।