देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घटेन सुन तस्करी : चितवनमा दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ

देशान्तर

चितवन । चितवनमा दुर्इ किलाे सुन, चार किलाे चाँदी र १२ लाख रुपैयाँ नगदसिहत एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरीकाे टाेलीले भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र १२ लाख रुपैयाँ नगदसहित पक्राउ गरेकाे हाे।

पाटिललार्इ मंगलबार पक्राउ गरिएकाे भएपनि बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ परेका पाटिल नारायणगढस्थित पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक रहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताए। पाटिलले अवैधरुपमा ल्याएको सुन बिक्री गरेको १२ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।

पाटिलले रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा सुन भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेका पाटिलले सुन एक भारतीय नागरिकबाट खरिद गरेको बयान दिएकाे प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए। नियन्त्रणमा लिइएको सुन, चाँदी बजार मूल्यअनुसार एक करोड रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएकाे छ।

बरामद गरिएको सुन, चाँदी, नगद र पक्राउ परेका पाटिललाई प्रारम्भिक अनुसन्धानपछि भन्सार ऐन २०७४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइने छ।