देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक सकियो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ । मस्यौदा समितिको आज पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले संकलित सुझावलाईसमेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको हो ।

बैठकले महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेण्डा पनि तय गर्ने छ । बदलिंदो संरचनाअनुसार पार्टीको स्थानीय, क्षेत्र र केन्द्रीयस्तरमा गठन गरिने  सांगठननिक ढाँचाको बारेमा पनि छलफल भएको छ । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिले विभिन्न चरणमा सुझाव संकलन गर्ने र समितिभित्र यथेस्ट गृहकार्य गरी चाँडो मस्यौदा पेश गर्ने बताए ।

नेपाली कांग्रेसले लामो विवादपछि बिहीबारमात्र विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का संयोजक र सदस्यहरुमा डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक छन् ।