देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषधसहित तीनजना युवक पक्राउ

देशान्तर

महोत्तरी । महोत्तरीको औरही नगरपालिका १ फुलबारियाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ३ जना युवकलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नाईटोजाम टयाब्लेट भन्ने प्रतिबन्धित लागुऔषध १६ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पक्राउ परेकोहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भोला भटटले जानकारी दिए ।