देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७५ करोडका मालिक हुन् प्रियंकाका हुनेवाला पति, जान्नुहोस् १० तथ्य

देशान्तर

काठमाडौँ । प्रियंकाका फ्यान निकसँग उनको इन्गेजमेन्टका कारण निकै खुसी छन् । साममाजिक सञ्जालमा उनीहरुलाई बधाइ दिनेको संख्या निकै धेरै छ । फ्यानहरु प्रियंका बारे जान्न निकै उत्सुक भएका छन् । उनीसँग जोडिन लागेका निक को हुन् ?

निक बारेका केही तथ्य

निककको वास्तविक नाम निकोलस जेरी जोनस हो । उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो । निक एक अमेरिकन गायक तथा अभिनेता हुन् । उनले सात वर्षको उमेरमा नै काम थालेका थिए ।

निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए । निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए । २००४ मा निकको पहिलो एल्बम आयो । तर त्यसले त्यति धेरै सफता पाएन । यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए । जसका चारवटा एल्बम बजारमा आए । जो निकै चर्चित भए ।

जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पपनि जिते । प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाक कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो । निकले माइली सायरल, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए ।

डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ । निकले अहिलेसम्म कुल १७ एल्बमका लागि गाएका छन् ।