काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तहले कर लगाउने व्यवस्था संविधानमा भएपनि कुन क्षेत्रमा कस्तो कर लगाउने भन्ने विचार नगरिकन हचुवाको भरमा निर्णय गरिएको भन्दै उनीहरुले गुनासो गरेका छन ।
देशव्यापीरुपमा स्थानीय तहबाट मनोमानी कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भनेर सांसदहरुले आपत्ति जनाएका छन् । करका विषयमा देशव्यापीरुपमा विरोध र आलोचना भएकाले तत्काल यस विषयमा स्पस्ट निर्देशन दिन सांसदहरूले सरकारसँग आग्रह गरेका थिए ।
जनताले तिर्न नसक्ने र क्षेत्राधिकार नै नभएका विषयमासमेत कर लगाएर संघीय शासन प्रणालीमा नै आँच आउने काम नगराउन उनीहरुले सदन र सरकारको ध्यानाकर्षण पनि गराए ।यसरी ध्यानाकर्षण गराउनेहरूमा सांसद अमरेशकुमार सिंह, उमेश श्रेष्ठलगायत थिए ।
प्रतिक्रिया