देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ को संसद्‌मा आज प्रधानमन्त्री ओलीको सम्बोधन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसदमा आज सम्बोधन गर्ने भएका छन्। जनकपुरधामस्थित प्रदेशसभा भवनमा बिहान ११ बजे सम्बोधनको कार्यसूची रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।

सम्बोधन शनिबार गरेपछि उनले नेकपा निकटका दलका नेता तथा कार्यकताहरसँग भेट गर्ने कार्यक्रम छ।यसअघि प्रदेश ओलीले प्रदेश १, ३ र ५ प्रदेशका सांसद्‌लाई सम्बोधन गरिसकेका छन्। उनले साउन ३ मा गण्डकी प्रदेशसभामा सम्बोधन गरेका थिए।

सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रधानमन्त्रीले संसदमा आफ्ना विचार प्रस्तुत गर्ने उल्लेख छ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तथापि, विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।