देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खानुपर्छ वर्षायाममा यस्ता खानेकुराहरु

देशान्तर

वर्षायाममा तपाईले नचाहेको स्वास्थ्य समस्याले तपाईलाई सताउन पनि सक्छ । यस ऋतुमा खासगरि रुघाखोकी, चिसो, पखाला र फ्लु जस्ता समस्याले तपाईलाई सताउन सक्छन् ।यी हुन वर्षायाममा तपाईले आफ्नो खानामा समावेश गर्नुपर्ने १० चीज

१. लसुन

एन्टिअक्सिडेन्टले भरिपूर्ण लसुन प्रतिरक्षा प्रणाली बढाउन उपयोगी हुन्छ । साथै, यसले तपाईको पाचनप्रणालीलाई सजिलो बनाउँछ र मेटाबोलिक रेट घट्न दिँदैन । तपाईले आफ्नो खानामा लसुनको पोटीलाई थिचेर राखेमा त्यसले खानाको स्वाद पनि बढाउँछ र स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

२. अदुवा

वर्षायामको बारेमा सोच्दा धेरैको दिमागमा सबैभन्दा पहिले अदुवाको चिया दिमागमा आँउछ । अदुवाको आगो जस्तो प्रकृतिले तपाईको मुड पनि ठिक बनाउँछ र तपाईको मेटाबोलिजमको स्तर पनि बढाउँछ । ताजा अदुवा एक कप तातोपानीमा राखेर त्यसमा एउटा कागती थिच्नुहोस् । त्यसमा एक चम्चा मह थपेर सेवन गर्नुभयो भने यसले धेरै राम्रो गर्छ ।

३. नास्पाती

नास्पातीको रोग प्रतिरोधी क्षमता बढाउने गुणको बारेमा धेरैले चर्चा गर्दैनन् तर यो धेरै कमालको फल हो । यो स्वादिलो फलमा भिटामिन मिनरल्स अत्याधिक प्रचुर मात्रामा पाइन्छ, जसले तपाईलाई रोगहरुबाट बचाउँछ ।

यसमा कपर भिटामिन सी र भिटामिन बि१२ पनि प्रचुर मात्रामा पाइन्छ । यसले शरीरलाई चिस्याउने भएकाले ज्वरो कम गर्न पनि सघाउँछ । त्यसैले वर्षायाममा दैनिक एक गिलास ताजा नास्पातीको जुस पिउने वा केही टुक्रा नास्पाती खाने गर्नुहोस ।

४. बेसार

मसलाको रुपमा प्रयोग हुने यो पहेँलो धुलो प्रतिरोधी प्रणाली बढाउनको लागि धेरै नै उपयोगी हुन्छ । यो प्राकृतिक एन्टिसेप्टिक र एन्टिवायोटिक एजेन्ट पनि हो । त्यसैले तपाईलाई रुघाखोकी वा ज्वरो खाएको बेलामा दुधमा बेसार मिसाएर पिउने सल्लाह दिइन्छ ।

बेसारले रगतमा सुगरको लेभल नियन्त्रण गर्न पनि सघाउँछ । वर्षायाममा बिरामीबाट बच्न एक गिलास दुधमा आधा चम्चा बेसार र एक चम्चा मह राखेर खानुहोस् ।

५. मरिच

आफ्नो अमलेट, सुप वा खिचडीमा थोरै मरिच राखेर खाने गर्नुहोस् । यो पिरो कालो दाना स्वादिलो मात्रै हुँदैन यसमा स्वास्थ्य राम्रो बनाउने धेरै गुणहरु पनि हुन्छ ।

ज्वरो खोकी चिसो मांसपेसीको समस्या जस्ता बिरामीको प्राकृतिक औषधी हो । तपाईले आफ्नो खानामा यसलाई राख्नुभयो भने त्यसले धेरै राम्रो गर्छ । आधा चम्चा मरिचको धुलो, आधा चम्चा नै बेसार दुइ चम्चा मह र दुध मिसाएर खानुभयो भने त्यसले तपाईलाई धेरै राम्रो गर्छ ।

६. बदाम

बदाम प्रोटिनको धेरै राम्रो स्रोत हो । थोरै चिल्लो हुने बदाममा स्वास्थ्यको लागि लाभदायक धेरै खालका पोषकतत्वहरु पाइन्छ । स्वादिलो बदामले तपाईको पाचन प्रणालीलाई सुधार गर्छ , सुगर लेभल नियन्त्रणमा राख्छ र विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । नियमित केहि बदाम भिजाएर खानुहोस् ।

७. स्याउ

वर्षायामको सन्दर्भमा हेर्ने हो भने दैनिक एउटा स्याउ खाएमा डाक्टरको जरुरत नै पर्देन भन्ने भनाइ मेल खान्छ । आफ्नो सन्तुलित र स्वस्थ खानाको हिस्साको रुपमा दैनिक एउटा स्याउ खानुहोस् । तपाईलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगाउने धेरै थरि तत्वहरु स्याउमा हुन्छन् । यसले तपाईको पाचनप्रणालीलाई राम्रोसँग काम गर्न पनि सघाउँछ ।

८. अनार

अनारमा विशेषगरि भिटामिन सी पाइन्छ जसले तपाईको शरीरमा भएको प्रोटिनलाई राम्रोसँग काम गर्न सघाउँछ । यसले तपाईको पाचनप्रणालीलाई स्वस्थ र सफा बनाउँछ । साथै यसले तपाईको प्रतिरोधी प्रणाली राम्रो बनाउँछ र तपाईलाई विभिन्न रोगहरुबाट लड्न सघाउँछ ।

९. चुकन्दर

यसमा विभिन्न पोषक तत्वहरु, भिटामिन र मिनरल्सहरु हुन्छन् । साथै थोरै क्यालोरीको हुन्छ र शाकाहारी मानिसको लागि झनै उपयोगी हुन्छ । तपाईले दैनिक एक गिलास चुकन्दरको जुस पिउन सक्नुहुन्छ र वर्षायामको समयमा आफ्नो स्टामिना ताजा बनाउन सक्नुहुन्छ ।

१०. पानी

वर्षायाममा तपाईलाई स्वस्थ्य राख्नको लागि पानी सबैभन्दा महत्वपूर्ण चिज हो । धेरै मानिसको चिसो मौसममा पानीको मात्रा घटाउने चलन हुन्छ तर, यसले तपाईलाई विभिन्न स्वास्थ्य समस्याको जोखिममा पार्न सक्छ । दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनुहोस् । साथै आफ्नो मेटाबोलिजमलाई कायम गर्न तातो पानी पिएमा झनै राम्रो ।