देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खुम्बुमा सर्वा्धिक धनराशीको भलिबल प्रतियोगिता

देशान्तर

विश्वको सर्वोच्च शिखर सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला सोलुखुम्बुमा सर्वा्धिक धनराशीको भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाको नाम्चेमा नेपालको अहिलेसम्म्कै सर्वा्धिक धनराशीको भलिबल प्रतियोगिता अयोजना गर्न लागिएको हो ।
सगरमाथा दिवस अर्थात् मे २९ का दिन नाम्चे बजारमा बृहद् खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको नाम्चे युवा समूहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार स्वदेशी पर्यटक भित्र्याउने उद्देश्यले खेल आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख १ सय १ रुपैयाँकासाथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद ३ लाख १ सय १ रुपैयाँ र १ लाख १ सय १ रुपैयाँसँगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई नगद ५० हजार १ सय १ रुपैयाँकासाथै मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो पुरस्कार राशी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो राशी भएको आयोजकको भनाई छ ।