देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरक्षा घेरामा आरामगर्दै अध्यक्ष ओली

देशान्तर

काठमाडौं । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । केहिदिन यता अचानक बिरामी परेको ओली अहिले उच्च सुरक्षाबिच घरमा आराम गर्न गरिरहेका छन ।

उनले स्वास्थ्यका कारण आज प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठमा पनि सहभागिता जनाएनन् भने माओबादी अध्यक्ष संगको पार्टी एकिकरण सम्बन्धीको छलफल पनि परसारेका छन ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धन बहुमतकले विजयी भएसँगै प्रधानमन्त्रीको रुपमा हेरीएका ओलीलाई विरामी परेपछि नेपाल प्रहरीले समेत थप सुरक्षा बल पठाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले केही दिन अघिमात्र अध्यक्ष ओलीको सुरक्षाको लागि प्रहरी नायव उपरीक्षक डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

बिरामी पर्नु अघि अध्यक्ष ओलीका लागि प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा दिँदै आएको थियो । प्रहरी प्रधान कार्यालय नक्सालले ओलीलको सुरक्षाका लागि प्रहरी निरीक्षक निर्मल पनेरुको ठाँउमा डिएसपी सानुराम भट्टराईलाई पठाइएको छ ।

प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा पनि डिएसपी कमान्डमा नै हुँदै आएको छ । प्रधान मन्त्रीको सुरक्षाको कमान्ड डिएसपी कोमल शाहले लिइरहेका छन् ।

अध्यक्ष ओलीको सुरक्षामा अहिले नेपाल प्रहरीका १० सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरीको तर्फबाट प्रहरी नायव निरीक्षकको कमान्डमा २० जना सुरक्षाकर्मी तैनाथ गरेका छन् ।