काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नसकिएको बताउनु भएको छ । उहाँले केही नेताहरुले भन्दैमा एमालेबाट मदन भण्डारीको शिदान्त नहराउने दाबी समेत गर्नुभएको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले जबजको च्याप्टर क्लोज भएको बताएपछि सुरु भएको बहसमा एमाले वरिष्ठ नेता नेपाल मदन भण्डारी एमालेमा जिवितै रहेको बताउनु भएको हो ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता नेपालले जबजको सान्दर्भिकता नसकिएको र अझ उजागर भएको बताए । उनले जबजका कम्पोनेन्टहरुमा समयानुकुल सुधार गर्दै जानु पर्नेमा जोड दिएका छन ।
माओवादीले भन्दै आएको २१ औं सताब्दीको जनवाद र जबजको कम्पोनेन्टमा ठूलो अन्तर नभएको भन्दै उनले छलफलबाट एउटा मिलन बन्दुमा पुग्न सकिने बताए ।
प्रतिक्रिया