काठमाडौं । नेपालको बाणीज्य बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको ग्लोबल आइएमइ बैकको ११ औं वार्षिकोत्सव विशेष कार्यक्रमका बीच मंगलबार सम्पन्न भएको छ । बैंकको ११औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको नवनिर्मित कर्पोरेट कार्यालयकोे उद्घाटन समेत गरिएको छ । भब्य कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले उद्घाटन गरेका थिए । कार्यक्रमकै अवसरमा नेपालले निक्षेप बढाएर मात्र लगानी गर्न बैंकहरुलाई निर्देशन दिए ।
उनले ‘क्रेडिट क्रञ्च’ को अबस्था आएको भन्दै नसुध्रिए बैंकहरुलाई कडा कारवाही हुने चेतावनी समेत दिए । नेपालको ६० प्रतिशत जनसख्यामा बैंकिङ पँहुच नपुगेको भन्दै त्यस्ता क्षेत्रका जनतामा पुग्न बैकहरुलाई आग्रह समेत गरे ।
उनले स्थापनाको छोटो समयमा नै आफ्नै लगानीमा रजिष्र्टड कार्यालय खोल्न सफल भएकोमा ग्लोबल आइएमइ बैंकलाई बधाई पनि दिए ।
बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिंदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने विस्वास ब्यक्त गरे।
सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंकले स्थापनाको ११ वर्ष मा नै आफ्नौ कर्पोरेट कार्यालय स्थापना गर्न सफल भएको हो । कार्यक्रम समारोहमा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिती थियो ।
स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै बैंकले सोहि अनुरुप अष्टे«लिया, बेलायत र भारतमा सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । ११ औँ वार्षिकोत्सव कै अवसरमा बैकले एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरुसमेत स्थापना गरेको छ ।
प्रतिक्रिया