काठमाडौं ।
पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक सरुभएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अध्यक्ष पुष्पमकमल दाहाल निवास खुमलटारमा केहिबे अघि सुरु भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुने जनाइएको छ । पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया