काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेसँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्नेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।
पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया