काठमाडौँ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले एमाले नेतृत्वको सरकारमा सहभागि नहुने बताएका छन । फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डल नेता राजेन्द्र महतो लगायत शीर्ष नेताले वाम गठबन्धनको सरकारमा सहभागी हुने कसरत गरिरहेका बेला पार्टीका अन्य नेताहरुले सरकारमा जान नहुने धरणा राखेका हुन ।
संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले यस अघिनै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्दानै सरकारमा सहभागि नहुने बताएका थिए । तर,राजपा नेता महतोले वाम गठबन्धनसँग सहकार्य गरेर जानुपर्ने कुरा सार्वजनिक गरेपनि फोरम र राजपामा विबाद सुरु भएको थियो ।
फोरम उपाध्यक्ष लालबाबु राउतले वर्तमान अवस्थामा फोरमले वाम गठबन्धनको सरकारमा सहभागी नहुने बताका छन । उनले संविधान संशोधनको मुद्दा सम्बोधन नभएसम्म फोरम वाम गठबन्धनको सरकारमा सहभागी नहुने उनले स्पष्ट पारेका छन ।
उनलेले संविधान संशोधन मुद्दाको सुनिश्चिता नभएसम्म फोरम सरकारमा सहभागी नहुने पार्टीको धरणरहेको बताएका छन । राउतले फोरम र राजपाले अहिले संघीय सरकारमा जान हतार गरे यसको असर मधेशमा पर्ने चेतावनी समेत दिएका छन ।
राजपा महासचिव मनीष सुमनले पनि वाम गठबन्धनको सरकारमा कुनै पनि हालतमा राजपा सहभागी नहुने बताएका छन । उनले एमालेलाई अछुत पार्टीको संज्ञा दिँदै सुमनले वाम गठबन्धनको सरकार बन्नु भनेको मुलुकका लागि दुर्भाग्य भएको बताए ।
सुमनले वाम गठबन्धनको दुईतिहाइ आएको भएर मुलुकमा प्रेस स्वतन्त्रताको हनन हुने, दलीय लोकतन्त्र समाप्त भई एकतान्त्रिक व्यवस्था हुन सक्ने आंशका प्रकट गरेका छन ।
सुमनले राजपा वाम गठबन्धनको सरकार बन्न नदिन भरमजदुर कोसिस गर्ने बताए । उनले राजनीतकि मूल्य मान्यता धितो राखेर वाम नेतृत्वको सरकारमा नजाने भन्दै संविधान मधेसमैत्री बनाउनेसँगमात्र तालमेल हुने जिकिर गरेका छन ।
प्रतिक्रिया