काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेको छ ।
पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।
पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उअध्यक्ष लोहनीले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग आग्रह गरेका हुन् ।
दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको तर्क छ । अध्यक्ष लोहनीले राष्ट्रिय पोशाकबारे सरकारले निर्णय लिँदा खुला दिलका साथ छलफल चलाउनुपर्ने आवश्यकता पनि औल्याए ।
प्रतिक्रिया