देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिबाट कास्कीमा बस्ने भयो नयाँ शक्तिको रणनीतिक वैठक

देशान्तर

काठमाडौं ।  प्रतिनिधि सभा र प्रदशसभा चुनावमा अपेक्षाकृत जित पाउन नसकेपछि नयाँ शक्ति पार्टी नेपाल त्यसको समीक्षासहित भावी योजना निर्माणमा जुटेको छ । यहीँक्रममा सो पार्टीको भोलिबाट कास्कीमा महत्वपूर्ण वैठक बस्न थालेको छ ।

२९ मंसीरमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र सल्लाहकार परिषदका सदस्यहरुको परामर्श वैठकले पुस १८ देखि २० गतेसम्म कास्कीमा महाधिवेशन आयोजक समिति केन्द्रीय कार्यकारी समिति, विज्ञ परिषद र संरक्षक परिषदको पूर्ण वैठक बस्ने निर्णय गरेको थियो ।

वैठक पार्टी गठनदेखि यताको समीक्षा, चुनावी समीक्षा र अवको योजना निर्माणमा केन्द्रित हुने सो पार्टीका नेताहरुले बताएका छन् । वैठकमा सहभागी हुन पार्टी संयोजक डा बाबुराम भट्टराईसहितका नेताहरु आज नै पोखरा पुग्दैछन् ।

प्रतिनिधि सभामा प्रत्यषतर्फ डा।भट्टराईले जित निकालेपनि थ्रेस होल्ड अर्थात मत सीमा नकटाएपछि नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सकेन ।
वैठकको पूर्वसन्ध्यामा संयोजक भट्टराईले फेसवुकमा लेखेका छन्, ‘नयाँ बर्षको शुरूवात संगै नयाँ शक्ति नेपालको नयाँ दिशा र कार्यभार तय गर्न भोलिदेखि पर्यटकीय नगरी पोखरामा पार्टीको प्रथम महाधिवेसन आयोजक समितिको पूर्ण बैठक शुरू हुँदैछ ।