काठमाडौं । पछिल्लो समयमा गृहमन्त्रालयमा कार्यरत कर्मचारीबाट सुरक्षाको चुनौती थपिदै गएको खुलासा भएको छ । पहिलो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा गृहकै कर्मचारीबाट सुरक्षा चुनौती बढेको गृहकै कर्मचारीले बताएका छन ।
गृह स्रोतका अनुसार प्रधानमन्त्री शेरबाहादुर देउवाले चुनावको सुरक्षामा कुनैपनि करस बाँकि नराख्न निर्देशन दिएको भोली पल्टै गृहका केहि कर्मचारीहरुले छुट्टै गोप्य बैठक गरेका छन ।
राजधानीमा रहेको साफ फाल्चा रेष्टुरेण्टमा बिनाविभागिय मन्त्री तथा माओबादी केन्द्रका नेता जर्नादन शर्मा र एमाले नेता अग्नि खरेल सहितको टोलिले एमाले निकट गृह मन्त्रालयका सहसचिव, प्रदेश नम्बर ३ अन्र्तगत पर्ने केहि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीचमा गोप्य छलफल गरेका छन ।
मंगलवार दिउसो बबरमहल स्थीत साफ फाल्चामा भएको छलफलमा सुरक्षा व्यवस्थालाई कम्जोर बनाउदै चुनावमा बढी भन्दा बढी एमाले माओबादी गठबन्धनलाई सघाउने गरि कार्यक्रम तयार गर्ने सहमति गरेका छन ।
खरेल र शर्माले कर्मचारी संगठनका अधिकारहिरुसंग छलफल गर्ने भन्दै बहालवाला प्रहरी अधिकृतलाई समेत छलफलमा सहभागि गराएर निर्वाचनको बाताबरण गठबन्धनको पक्षमा पार्ने गरि काम गर्न निर्देशन दिएको स्रोतले बताएको छ ।
छलफलमा गृह मन्त्रालयका सहसचिव,अधिकृत र बहालवाला प्रहरी अधिकारीहरु सभागि भएका थिए । उनिहरुले बम र धराप जस्ता हल्ला फैलाएर बिपक्षी मतदातालाई आतंकित बनाउन सहयोगि भूमिका निर्वाह गर्ने बिषयमा उनिहरुबिच छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया