काठमाडौं । मंसिर १० गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् । मंगलवार देखि खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत बिहिवार बिहानसम्म सबै मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मंगलवारदेखि कर्मचारी खटाउन थालेको हो । आयोगले मंसिर १० र २१ को निर्वाचनमा ४ लाख ९२ हजार कर्मचारी खटाउदै छ ।
दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमनमा खटिएका ७५ जना सहसचिवले पनि बुधवारदेखि काम सुरु गर्ने भएका छन ।
मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने निर्वाचनका लागि अनुगमनमा खटिएका सहसचिवले आजदेखि काम सुरु गर्ने भएका हुन् ।
अनुगमन टोली प्रमुखको जिम्मेवारी पाउनुभएका सहसचिवले आजदेखि मंसिर २३ गतेसम्म तोकिएको जिल्ला र निर्वाचन क्षेत्रमा अनुगमन थाल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाकारी दिए ।
उनका अनुसार ती सहसचिवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन सहजकर्ताको समेत भूमिका निर्वाह गर्नेछन् ।
सहसचिवहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कसैलाई पनि ठाउँका ठाउँ कारबाही गर्न सक्ने अधिकार प्रदान गरिएको समेत प्रवक्ता ढकालले बताए ।
निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिवलाई मंगलवार जिल्ला खटाएको थियो
प्रतिक्रिया