देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावको मुखमा देशभरी नक्कली नोटको बिगबिगी

देशान्तर

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा देशै भरी हजार र पाँच सय दरका नक्कली नोटको कारोबार बढेको छ । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै देशैभरी यस्ता नोटहरुको बिगविगी बढेको हो । अहिले देशभरका सहकारीहरुमा नक्कली नोट फेला परेपछि चुनावी सरगर्मी भन्दा पनि नक्कली नोटको सरगर्मी बढ्न थालेको छ ।

बैंकहरुका अनुसार फेला परेका नोटहरुमामा एउटै नम्बर चर २५ ४३९१३३ रहेको छ । सामान्यतया सेक्युरिटी थ्रेट, वाटरमार्क, पेपरक्वालिटी, प्रिन्टक्वालिटी, आकार, नोटका विभिन्न हातले छाम्न सकिने संकेत, नोटको रङमा फरक परेको जस्ता नोटहरु भेटिन थालेका छन ।

पटक–पटक बैंक तथा वित्तीय संस्थामा यस्ता नक्कली नोट फेला परे पनि यस्ता नक्कली नोट कहाँबाट, कस्ले, कसरी आए भन्ने कतै छानबिन भएका छैनन् ।

‘स्थानीय तह निर्वाचनमा पनि केही ५ सय दरका नक्कली नोट फेला परेका थिए । अहिले पनि अन्य बैंकरवित्तीय संस्थाहरुमा जस्तै सामान्य सेवाग्राहीबाट छुट्टाछुट्टै दिनमा एक हजार दरका नक्कली नोट फेला पर्न थालेका छन ।

चुनावी प्रतिस्पर्धा तीव्र र कडा बन्दै जाँदा सामाजिक सञ्जालहरुमा भने वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको जुहारी चल्न थालेको छ ।

प्रहरीले केही दिनयता विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा नक्कली नोटहरु फेला परेको पुष्टि गरेको छ । स्थानीय तह निर्वाचन र त्यसयता गिरोहले बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, बाग्लुङ हुँदै भित्रिबाटो म्याग्दीमा नक्कली नोट फिँजाएको प्रहरीले दाबी गरेको छ ।