मोरङ । राजनिति इतिहाँस बोकेको मोरङको क्षेत्र नम्बर ६ मा कम्यूनिष्ट गठबन्धनका उमेद्वार लालबाबु पण्डितको अवस्था पराजय नजिक देखिएको छ ।
कांग्रेस एक्लै ५ हजार बढी मतले अगाडी रहेको अवस्थामा कांग्रेस फर्किएका बिजय कुमार गच्छदार र राप्रपाले समेत कांग्रेस उमेद्वार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएपछि एमाले—माओबादी गठबन्धनको अवस्था नाजुक बनेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ(थापा) समूहले आज क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सम्पूर्ण मतदातालाई सहयोग गर्न अपिल गरेको छ । जिल्ला कार्य समितिको वैठकले डा कोइरालालाई सर्वसम्मत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष माधवराज आचार्यले बताए ।
राप्रपा मोरङको यो निर्णयपछि कार्यकर्तावीच देखिएको अन्यौल समाप्त भएको छ । केन्द्रीय गठबन्धन अनुसारनै मोरङ ६ मा कांग्रेसका उम्मेदवार डा कोइरालालाई समर्थन गर्ने निर्णय गराएका हौ अध्यक्ष आचार्यले बताए । आचार्यले भने , राप्रपाको निर्णयले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा कोइराला थप मजवुत पारेको छ ।
मोरङको कुनै पनि क्षेत्रमा उम्मेदवारी दर्ता नगराएको राप्रपाका कार्यकर्ताहरु कुन उम्मेदवारलाई सहयोग गर्ने वारेमा अन्यौल थिए । जिल्ला समितिको यो निर्णय सार्वजनिकपछि कांग्रेसका उम्मेदवार डा कोइरालालाई सहयोग गर्ने बाटो खुल्ला भएको जिल्ला सदस्य हरि दाहालले बताए ।
स्थानीय चुनावमा राप्रपाले मोरङ ६ वाट २ हजार ७ सय ८ मत प्राप्त गरेको थियो । मोरङ ६ को विराटनगर नगरक्षेत्रको वडाहरुमा राप्रपाको प्रभाव छ ।
राप्रपा जिल्ला समिति वैठकले मोरङ ६ (ख) प्रदेश सभाबाट उम्मेदवार बनेका भोलामान सिंह कार्कीको उम्मेदवारी समेत फिर्ता गर्ने निर्णय गरेको छ । कार्कीको उम्मेदवारी फिर्तापछि प्रदेश सभामा कांग्रेसका उम्मेदवार केदार कार्कीलाई समर्थन गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए ।
प्रतिक्रिया