देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले बैदेशीक रोजगार बचत पत्र जारी गर्ने

देशान्तर

काठमाडौं । मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र राष्ट्र बैंकलेजारी गर्ने भएको छ । बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्ने छन । उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमति र छोराछारी) ले समेत बचत पत्र किन्न पाउने भएका छन् ।

यो बचत पत्रको बिक्री मंसिर २९ गतेसम्म चल्नेछ ।बचत पत्र खरिद गर्दा कम्तिमा पाँच हजार रुपैयाँ र बढिमा पाँच हजारले भाग गर्न सकिने रकमको आधार लगानी गर्न सकिने व्यवस्था छ ।बार्षिक १० प्रतिशत व्याजदर पाइने यस्तो बचत पत्रको व्याजमा कर समेत नलाग्ने व्यवस्था रहेको छ । ६ र ६ महिनाको दरमा व्याजदर पाइने यस्तो बचत पत्र बैंक तथा वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन पनि सकिनेछ ।

व्याज आफैले लिनुपर्छ भन्ने छैन आफुले इच्छाइएको व्यक्तिलाई पनि भुक्तानी दिने व्यवस्था रहेको छ । ५ वर्षसम्म बचत पत्रको अवधि कायम रहनेछ भने त्यसपछि खरिदकर्ताले साँवा फिर्ता पाउने छन् ।देशबाहिरका देशहरु मलेशिया, कतार, कुवेत , युएइ, जापान, साउदी अरब, कोरिया, इराक, भारत, अमेरिका, दक्षिण कोरिया र इजरायलबाट पनि बचत पत्रमा लगानी गर्न सकिने व्यवस्था छ ।