काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेण्ट बैङ्क लिमिटेडको चालू आर्थीक वर्षकोे पहिलो त्रैमासमा जगेडा कोषको रकम गत आवको तुलनामा ८८ प्रतिशत बढेर रू. ८ करोड ९६ पुगेको छ । कम्पनीको नाफा गत आर्थीक वर्षको तुलनामा २० प्रतिशत घटेर रू. ८२ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा २० प्रतिशत घटेर रू. १ करोड २८ लाख पुगेको छ ।
खुद व्याज आम्दानी थोरै प्रतिशत घटेर रू. २ करोड ६० लाख रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ७ करोड २५ लाख रहेको छ । कर्जा तथा सापटी रकम रू. १ अर्ब २६ करोड पुगेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ३३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया