काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालत परिसरमा बम भएको हल्ला निराधार भएको बताएका छन । मंगलवार मध्यान्ह सर्बोच्च अदालत परिसरमा बम भएको हल्ला चलेपछि न्यायाधीश,कर्मचारी र सेवाग्राहीमा भागाभाग मच्चिएको थियो ।
अज्ञात ब्यक्तिले सर्बोच्च परिसरमा बम राखिएको सूचना दिएपछि अहिले अदालतको बताबरण तनावपूर्ण बनेको हो । पराजुलीले अनावस्यक हल्लाको पछि नलाग्न सबैमा आग्रह गरेका छन ।
सर्बोच्चमा बम भएको घटनाका बिषयमा प्रधानन्यायाधीश गोपाल पराजुलीले अहिले छानविन भईरहेको र कोहि अतालिनुपर्ने अवस्था नरहेको बताएका छन ।
सुरक्षा कर्मीलाई सर्बोच्च परिसरमा बम भएको सुचना दिएर आतंक फैलाउन खाजेको पराजुलीको भनाईछ । पराजुलीले अहिले अदालत परिसरमा शंकास्पद वस्तुको खोजी भईरहेकाले नमात्तिन आग्रह पनि गरेका छन ।
प्रधानन्यायाधीश पराजुलीले अपरिचित व्यक्तिले बाहिरबाट सर्वोच्चका कर्मचारीलाई अदालतमा बम छ भनेर सन्देश पठाएपछि सर्वोच्च परिसरमा तनाव बढेको देशान्तरलाई जानकारी दिए । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीले तालिमप्राप्त दुई कुकुरको सहायतामा बमको विषयमा अनुसन्धान गरिराखेको छ ।
महान्यायाधीवक्ता कार्यालयका कर्मचारी भरत मैनालीका अनुसार अहिले इजलास लागेको छैन । कर्मचारी, सेवाग्राही र वकिल अदालत परिसर भन्दा बहिर आएका छन ।
प्रतिक्रिया