देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बृहत शान्ती सम्झौता भएको ११ बर्ष पुरा,ठोस काम नहुँदा पिडितले शान्ती सम्झौताको अनुभूति गर्न पाएनन्

देशान्तर

काठमाडौं । आज शान्ति सम्झौता भएको ११ बर्ष पूरा भएको छ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको हो ।

२०६३ साल मंसिर ५ गते अर्थात आजकै दिन सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि तत्कालीन नेकपा माओवादीले औपचारिक रुपमा शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो ।

सम्झौतासंगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र द्धोन्दको राजनीतिक यात्रा अन्त्य भएको थियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । शान्ति सम्झौता पुरा भएको दिनको अवसरमा आज विभिन्न कार्यक्रम गरिदैछन् ।

यो बिचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्य, संविधान जारी भएका छन् । तर, शान्ति सम्झौता पुरा भएको एक दशमा पनि शान्ति सम्झौता अनुसारको काम हुन भने बाँकी नै रहेका छन् ।

राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन । आठ वर्षपछि बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईटै आयोगले काम सकेका छैनन ।