देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्युनिष्ट गठबन्धनबाट लोकतन्त्रलाई खतरा रहेकाले कांग्रेसले जित्न आवस्यक छ: प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्र जोगाउन आगामी चुनाव कांग्रेसले जित्नुपर्ने बताएका छन् । गठबन्धनले एकदलीय शासन लाद्ने खेलमा लागेको हुनाले लोकतन्त्र खतरा बताउँदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस दार्चुलाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले वाम गठबन्धनका कारण लामो समयपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेको बताए ।

उनले यही मंसिरमा हुने चुनावमा कांग्रेसलाई विजय गराउन आग्रह गर्दै कांग्रेस जिते प्रजातन्त्र जिवित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्र रुपमा बोल्न समेत नपाइने भनाइ राखे ।

देउवाले प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाइने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण भएकाले चुनावमा विचार पुर्याउन आग्रह गरे ।

उनले यो चुनावमा कांग्रेसलाई जिताए देशमा लोकतन्त्र जिवित रहने र देशले आर्थिक समृद्धि समेत हासिल गर्ने भन्दै लामो समय राजनीतिबाट खारिएका र जिल्लाको नेतृत्व गर्ने उम्मेदवारहरु चुनावी मैदान आएको हुनाले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार भोट दिनुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार दिलेन्द्रप्रसाद बडूले जिल्लामा गरिएका सबै विकासको विकास कांग्रेसकै नेतृत्वमा भएको बताए । सडक सञ्जालदेखि जिल्लाको पर्यटकीय पूर्वाधारको महत्वपूर्ण क्षेत्र अपीनाम्पा संरक्षण क्षेत्र आफ्नै पहलमा स्थापना भएको जनाए ।