काडमाण्डौ ,
नेपाली कांग्रेसले पार्टीका नेताद्वय डा. रामशरण महत र रमेशकुमार महतमाथि नुवाकोटमा भएको बम आक्रमणप्रति निन्दा र भर्त्सना गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ नुवाकोटमा कांग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवंपूर्वमन्त्री डा. रामशरण र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–‘ख’का उम्मेदवार रमेशकुमार चुनावी प्रचार–प्रसारमा हिँडेकाबेला शुक्रबार उनीहरु चढेको गाडीलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोट भएको थियो । उम्मेदवारसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत कांग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाइतेको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।
कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा कांग्रेसका उम्मेदवारको हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । यस घटनाले शान्तिपूर्णरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो हस्तक्षेप गरेको छ’–विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया