काठमाण्डौ ।
नेपाली कांग्रेसका सभपाति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादीको गठबन्धन लोकतन्त्र विरोधी भएको बताएका छन् ।
गृहजिल्ला डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासनमा आम मान्छेले डर त्रास र भयमा बाँच्नुपर्ने बताए । स्वतन्त्रता पूर्व बाँच्नका लागि लोकतन्त्र आवश्यक भएको बताउदै देउवाले लोकतन्त्र जोगाउने एउटा मात्र पार्टी नेपाली कांग्रेस भएको दाबि पनि गरे ।
देउवाले आफुले यो पटक प्रधानमन्त्री भएर वजेट ल्याउन पाएको भए बेरोजगार भत्ता दिने सोच बनाएको बताएका थिए । कांग्रेस सभापति देउवाले अब कांग्रेसको सरकार बनेमा बृद्ध भत्ता र बेरोजगार भत्ता दिने बताए ।
मुलुकको विकास र समृद्धिका लागि लोकतन्त्र आवश्यक भएको बताउदै प्रधानमन्त्री देउवाले लोकतन्त्रका कारण नै मुलुकको विकास संभव भएको बर्ताए ।
प्रतिक्रिया