काठमाडौं । चुनावी अभियानका क्रममा पश्चिम नेपालमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा जादैँछन् । \
हिजो कैलालीमा भएको चुनावी सभालाई संवोधन गर्न धनगढी पुगेका देउवा अहिले १० बजे त्यहाँबाट डडेलधुरा प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्हाहकार गोविन्द परियारले जानकारी दिए ।
डडेलधुराबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार समेत रहेका देउवाले आज दिउँसो एक वजे त्यहाँ आयोजित चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चल क्षेत्रका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग शान्ति, सुरक्षाका बारेमा छलफल समेत गर्नेछन् ।
उनले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रतिक्रिया