देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजबाट प्रधानमन्त्री देउवाको पश्चिम नेपालमा चुनावी अभियान, ३० गते गृहजिल्ला पुग्ने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि पश्चिम नेपालमा चुनावी अभियान सुरु गर्दैछन् । आज प्रधानमन्त्री देउवा नेपालगञ्ज जानेछन् । नेपालगञ्जमा सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकोछ ।  नेपालगञ्जमा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रधानमन्त्री देउवा बुधवार धनगढी पुग्ने कार्यक्रम छ । बुधवार उनले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसंग भेटघाट गर्नेछन भने धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ । त्यसै गरि बुधवार नै उनी सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसंग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा कार्तिक ३० गते आफ्नो गृृह जिल्ला पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ ।
मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नुहुनेछ ।

जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्र भएपछि समय भने निर्धारण भएको छैन् ।