देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजाप्रसादको निर्वाचन क्षेत्रमा डा. मीनेन्द्र मजबुत

देशान्तर

विराटनगर । नेपाली कांग्रेसको जन्मभूमिका रूपमा चिनिने मोरङमा नेपाली कांग्रेसको पक्षमा जनमत बलियो बन्दै गएको छ । मोरङमा ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस उम्मेदवारहरूले कांग्रेसको पुरानो विरासत कायम गर्न लागेका छन् । अझ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र मोरङ २ मा कांग्रेस नेता डा.मीनेन्द्र रिजाल उम्मेदवार बनेपछि आम मतदाता नै उत्साहित बनेका छन् ।

२०४८ को संसदीय निर्वाचनदेखि संविधानसभाको पहिलो चुनावसम्म कांग्रेसले आफ्नोे पकड बनाउँदै आएको र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको यो क्षेत्रमा दोस्रो संविधानसभामा कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्याय झिनो मतले पराजित भएका थिए । दोस्रो संविधानसभा चुनावमा एमालेका ऋषिकेश पोखरेलको कार्यकालमा विकासका कुनै काम हुन नसकेपछि यो क्षेत्रका मतदाता निराश भएका थिए । मोरङको सबैभन्दा पिछडिएको यो क्षेत्र गिरिजाप्रसाद कोइरालाको पालामा विकासले गति लिएको थियो । गिरिजाप्रसाद कोइरालापछि ती विकास निर्माणका कामलाई आमोदप्रसाद उपाध्यायले निरन्तरता दिए पनि दोस्रो संविधानसभाबाट जनप्रतिनिधि भएका पोखरेलले अधुरा विकासका कामसमेत पूरा गर्न नसकेपछि जनता निराश भएका थिए । नदी कटान, बाढी नियन्त्रण, झापास“ग जोड्ने रतुवा खोलाको अधुरो पुल निर्माण गर्ने र झापा जोड्ने हुलाकी राजमार्ग निर्माणको कामलाई निरन्तरतासमेत दिन नसकेपछि जनतामा निराशा छाएको छ ।

पूर्वमा रतुवा र पश्चिममा बक्राहा खोलाको चेपुवामा रहेको यस क्षेत्रमा नदीको कटान र बाढी नियन्त्रणलाई नेता रिजालले मुख्य चुनावी मुद्दा बनाएका छन् । यी दुई नदीमा हरेक वर्ष आउने बाढीले पूरै क्षेत्र प्रभावित बन्दै आएको छ । कांग्रेसको हातबाट ५ वर्ष यो क्षेत्र गुम्दा विकासका सबै कार्यक्रम ठप्प भएको छ । गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्यायको पालामा जति विकास निर्माणका काम भए त्यसपछि थप सबै विकास योजना ठप्प छन् । विकासका नाममा दोस्रो संविधानसभा पछि संसद् विकास कोषको रकम आफ्ना कार्यकर्तालाई अनुकूल पारेर बाँड्नेभन्दा अरू केही काम नै हुन सकेको छैन ।

तर पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र विकासबाट समेत ओझेलमा पर्न थालेपछि नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला तथा नेता आमोदप्रसाद उपाध्याय दुवैले आफूहरू स्वास्थ्यका कारण चुनावी मैदानमा जान नसक्ने भएपछि डा. रिजाललाई सो क्षेत्रबाट कांग्रेसले उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा पार्टीका प्रभावशाली नेता डा. रिजाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि सो निर्वाचन क्षेत्रमा उत्साह छाएको हो । अर्कोतर्फ रिजाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा गिरिजाप्रसाद कोइरालाका पालामा जस्तो एकता देखिएको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र अन्य पार्टी छोडेर नेपाली कांग्रेसको प्रवेशको लहर चलेको छ । चुनावी कार्यक्रममा दिनहु“ जस्तो विभिन्न पार्टी छोडेर कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ । एमाले–माओवादी गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेल पोखरेलको गाउ“ गोविन्दपुरबाट सयांैको संख्यामा एमाले, माओवादीका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेपछि एमाले–माओवादी गठबन्धनलाई समस्या पर्ने देखिएको छ । एमालेका उम्मेदवारको गाउँ गोविन्दपुरको इटहरा गुरुङ टोलबाट बुधबार सय जना एमाले, माओवादीका अगुवा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । सो क्षेत्रका मतदाताबीच लोकप्रिय देवी गौतम, पिताम्बर खनाल, सर्वजित कार्कीलगायतलाई नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका उम्मेदवार डा. मीनेन्द्र रिजालले पार्टीमा स्वागत गरेका थिए ।