देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजबाट मतदाता शिक्षा कार्यक्रमका लागि कर्मचारी परिचालन

देशान्तर

काठमाडौं ।

निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट निर्वाचन शिक्षा कार्यक्रम सुरु गर्दैछ ।

पहिलो र दोस्रो दुवै चरणमा निर्वाचन हुने जिल्लामा आयोगले मतदाता शिक्षाका लागि कर्मचारी परिचालन गरेको हो । हरेक मतदान केन्द्रमा १ जना रहने गरी १९ हजार ९ सय ८ कर्मचारिलाई आज कार्यक्षेत्र पठाईएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि र प्रदेश सभाका लागि छुट्टा–छुट्टै मतपत्र छाप्ने निर्णय भएपछि गत १५ गतेदेखि सुरु गर्ने भनिएको मतदाता शिक्षा कार्यक्रम तत्कालका लागि स्थगित गरिएको थियो ।

परिमार्जित व्यवस्था अनुसारको तालिम पश्चात आवश्यक सामाग्री सहित कर्मचारीलाई निर्वाचन क्षेत्र खटाइएको प्रवक्ता ढकालले बताए। पहिलो चरणको निर्वाचन आउन थोरै समय भएपनि कर्मचारी मतदान केन्द्र पुगेपछि मतपत्र तथा निर्वाचन प्रक्रियाका सम्बन्धमा मतदातामा रहेको अन्यौलता हट्ने ढकालको दावी छ । उहाँले दलका कार्यकर्ताहरुबाट मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्ने भन्दै त्यसमा सहयोग गर्न दल तथा तिनका कार्यकर्तालाई आग्रह गरे ।